image
image

नेप्से १४ अंकले बढ्यो,  जलविद्युतका लगानीकर्ता मालामाल 

काठमाडौँ १० चैत ।  सेयर बजारको परिसूचक नेप्से मंगलबार १४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५२८ अंकमा कायम भएको छ। 

आज दिन ५ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।  बैंकिङ ६, विकास बैंक ६, फाइनान्स ४, उत्पादन ४२, अन्य ११ र जीवन बीमा समूह ९८ अंकले घटेका छन्। ब्यापार समूह ३४६ अंकले बढ्यो। त्यस्तै होटल तथा पर्यटन समूह १५५, निर्जीवन बीमा १७४ र जलविद्युत समूह १२९ अंकले बढेका छन्। 

त्यसैगरी आजको दिन साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी जलविद्युत, कालिका पावर, सान्जेन, वमी माइक्रोफाइनान्स, माथिल्लो तामाकोसी, रैराङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो।

कम्पनीको मूल्य ३ प्रतिशतले बढेर ५४० रुपैयाँ पुगेको छ। त्यस्तै माथिल्लो तामाकोसी, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स पनि कारोबारका आधारमा अगाडि रहेका छन्  । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।