image
image

अरुण तेस्रोबाट उत्पादन हुने बिजुली बेच्न प्रस्ताव आह्वान

काठमाडौँ ।नेपालको एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले बिजुली बेच्न प्रस्ताव आह्वान गरेको छ । अरुण तेस्रोबाट उत्पादन हुने ७०२.९ मेगावाट बिजुली बिक्रीका प्रस्ताव आह्वान गरेको हो । सोमबार एक सूचना जारी गर्दै कम्पनीले भारतले संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण–३ जलविद्युत परियोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि कम्पनी छनोट गर्न लागेको बताएको हो ।

कम्पनीका प्रमुख इन्जिनियर विवेक शर्माका अनुसार प्रतिस्पर्धाबाट छानोट हुने प्रस्तावकर्ताले एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीसँग २५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्नसक्नेछन् । कम्पनीले भने उत्कृष्ट मूल्य दिने प्रस्तावकर्तालाई बिजुली बिक्री गर्नेछ ।

भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभिएन) अन्तरगतको सहायक कम्पाीले ले बनाउँदै गरेको जलविद्युत परियोजना सन् २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य छ । त्यस्तै ९ सय मेगावाटको यो परियोजनाले सन् २०२३को फेब्रुअरीसम्म उत्पादन सुरु गरिसक्ने विस्वास लीइएको छ ।

उक्त आयोजनाबाट उत्पादन हुने कुल विद्युतको २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट नेपाल सरकारले निःशुल्क पाउनेछ ।आयोजनामा विद्युत प्रसारण लाइनको निर्माणको काम पनि भइरहेको र संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारण लाइन महोत्तरीको ढल्केबरस्थित ४ सय केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

त्यस्तै नेपालले पाउने विद्युत ढलकेवरस्थित ४ सय केभी प्रशारण लाइनमार्फत वितरण हुनेछ । भारततर्फ लाने विद्युत पनि मुजफ्फरपुर प्रसारणलाइनमा जोडिने छ ।  यो आयोजनाबाट नेपालले २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व पाउने छ । लगानी बोर्डले अरुण तेस्रोको ‘क्यासकेड प्रोजेक्ट’का रुपमा रहेको तल्लो अरुण पनि सतलजलाई नै दिने निर्णय गरिसकेको छ ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।