image
image

केराउ आयात एक वर्षपछि फुकुवा

काठमाडौँ ।कोरोना भाईरस नियन्त्रणका लागि गत वर्षको चैत महिना देखि बन्द गरिएको आयात प्रतिबन्द खुल्दै गएको छ । हाल सरकारले केराउ, छोकडालगायतको आयात फेरि फुकुवा गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै आयात फेरि फुकुवा गरेको हो । केराउ,छोकडा, सुपारी, नधुल्याइएको मरिच आयात गर्दा निश्चित परिमाणमा मात्रै गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

यस आर्थिक वर्षमा केराउ आयात गर्दा ८० हजार मेट्रिक टन, छोकडा आयात गर्दा ५ हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन र नधुल्याइएको मरिच १५ हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी आयात गर्न सकिने राजपत्रमा उल्लेख गरिएको छ।
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।