कुशल ९९ रनमा आउट, आक्रामक कुशलको सानदार ब्याटिङ
काठमाडौँ, ३, असार । आक्रामक ब्याटिङका लागि परिचित कुशल भुर्तेलले जिम्बावेविरुद्ध ९९ रनको सानदार इनिङ खेलेका छन्। उनी एक रनले शतक बनाउन चुके।
कुशलले दुई छक्का र १३ चाैकाको सहयोगमा ९५ बलमा ९९ रन बनाएका हुन्। ताजा अवस्थामा नेपालले ३२ ओभरमा एक विकेट गुमाएर एक सय ७१ रन बनाएको छ।









