image
image

नेप्सेमा डिप्रोक्स र महुली लघुवित्तको शेयरमुल्य समायोजन

काठमाडौं १० चैत । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको  शेयरमूल्य समायोजन भएको छ। लघुवित्तको  साधारण सभा वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।नेप्सेले डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य १ हजार ७२० रुपैयाँ तोकिएको छ।

त्यसैगरी, नेप्सेले महुली लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य २ हजार १८८ रुपैयाँ कायम भएको छ।डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश समेत गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २० गते, शुक्रबार होटल मोनालिसा, सौराहा, चितवनमा १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्थाले पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २५ गते बुधबार बिहान ११ बजे केन्द्रिय कार्यालय महुली, सप्तरीमा ८ औं वार्षिक साधारण सभा बोलाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।