image
image

अब विश्वका २ सय बढी देशबाट ईसेवा मनी ट्रान्सफरमा पैसा पठाउन सकिने

काठमाडौं । अब विश्वका दुई सयभन्दा बढी देशबाट ईसेवा मनी ट्रान्सफरमा पैसा पठाउन सकिने भएको छ । मनिग्राम इन्टरनेसनल र ईसेवा मनी ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएसँगै २०० भन्दा बढी मुलुकको रेमिट्यान्स ईसेवामै पठाउन सकिने भएको हो ।

सम्झौतासँगै मनीग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ । साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विप्रेषण ईसेवा मनी ट्रान्सफरका देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ ।

त्यतिमात्रै नभएर ईसेवाले छिट्टै मनिग्राम मार्फत ईसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने सकिने व्यवस्था गर्ने जनाएको छ । मनिग्राम र ईसेवा मनि ट्रान्सफरको यो साझेदारीबाट धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, यूरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकका सेवाग्राहीलाई रकम पठाउन थप सहज हुने अपेक्षा कम्पनीको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।