image
image

अनलाइनमार्फत वार्षिक ५०० डलरसम्मको विदेशी भुक्तानी गर्न सकिने 

काठमाडौँ । विदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलर खाता नभएकाले पनि भुक्तानी गर्न पाउने नियम कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभए पनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक पाँच सय डलरसम्म विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वन भएको जनाएको छ । 

अब वाणिज्य बैंक र विकास बैंकले ग्राहकलाई पाँच सय डलर वा त्यत्ति नै रकमको परिवर्त्य विदेशी मुद्रा बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । अहिलेसम्म डलर खाता हुनेले मात्रै डलरमा भुक्तानी गर्न पाएका थिए । विदेशी सेवा तथा वस्तु आयात गरेबापत थोरै रकम भुक्तानी गर्नेहरूलाई परेको समस्यालाई मध्यनजर गर्दै नयाँ व्यवस्था कार्यान्वयन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारको रकम डलरमा भुक्तानी गर्न समस्या भएको गुनासो सम्बोधन गर्नका लागि यो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि अनलाइनमार्फत सानोतिनो कारोबार गर्नेलाई सुविधा हुनेछ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न सकिने जनाएको थियो । तर अनलाइनमार्फत विदेशबाट सेवा आयात गरेबापतको भुक्तानी गर्ने प्रयोजनको लागि बैंक तथा प्रिपेड कार्ड प्रयोगकर्ताले विभिन्न ११ वटा प्रक्रिया तथा सर्त भने पालना गर्नुपर्नेछ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।