वैदेशिक रोजगारी: सीप नसिकी विदेशिनेको संख्या बढ्दो
काठमाडौँ। पछिल्लो समय रोजगारीका लागि विदेश जाने नेपाली युवाहरुको संख्या बढ्दो क्रममा छ । गत वर्ष कोरोना भाईरस संक्रमणका कारण स्वदेश फर्किनेको संख्या बढेपनि कोरोनाविरुद्धको खोप आएसँगै रोजगारीका लागि विदेशिनेको संख्या बढेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा अघिल्लो महिनाको तुलनामा विदेशिनेको नेपालीको संख्या बढी छ । फागुनमा मात्रै महिला र पुरुष गरी कुल १९ हजार ८ सय ८ सय जना नेपाली श्रमिक विदेशिएको विभागको भनाइ छ ।
त्यस्तै, रोजगारीमा जाने अधिकांश सीप नसिकेका व्यक्तिहरु रहेको विभागको तथ्यांक छ । गत महिनामा ८ हजार ७ सय १ पुरुष र ६ सय ८ जना महिला गरी कुल ९ हजार ३ सय ९ जना कुनै सीप नसिकेरै विदेशीएका छन् ।
यस्तै, सो महिनामै ८ हजार ६ सय ३ जना सिप सिकेर रोजगारीको लागि विदेशिए गएको विभागले जनाएको छ । १६ सय ९७ पुरुष र १ सय ६२ महिला गरी १८ सय ५९ जना अर्धदक्ष व्यक्तिहरु वैदेशिक रोजगारीमा गएका छन् ।
त्यस्तै २३ जना पुरुष र ३ जना महिला गरी २६ जना व्यवसायिक सीप सिकेर रोजगारीका लागि विदेश गएका छन् भने,९ जना पुरुष र २ जना महिला गरी ११ जना व्यक्ति उच्च सीप भएकाहरु रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ ।
सो महिना अदक्ष अथवा सीप नसिकेरै वैदेशिक रोजगारीमा जानेहरुको संख्या सबैभन्दा बढी छ ।