image
image

सिंगटी हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन 

काठमाडौँ । चैत ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने चैत १० गते (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा तेस्रो दिन आइतवार साझ ५ बजेसम्म मागभन्दा ५ गुणा बढी आवेदन परिसकेको छ । 

मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि चैत १० गतेसम्म मात्र विक्री खुला गर्न लागेको कम्पनीको भनाई छ । छिटो अवधिभित्र आवेदन नपरेको खण्डमा ढिलो अवधि चैत २० गतेदेखि यो शेयर निष्काशनमा रहने थियो । आइतवार साझ ५ बजेसम्म यस कम्पनीको आईपीओमा ८ लाख ८३ हजार ७५ जनाले आवेदन दिएका छन् । 

यी आवेदकहरुबाट १ करोड ३९ लाख ८० हजार ५२० कित्ता शेयर खरिदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा ५ दशमलव १८ गुणा बढी हुन आउँछ । कम्पनीले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।