image
image

डलर प्रिपेड कार्ड जारी गर्न बाटो खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा ५ सय अमेरिकी डलर वा उक्त बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न बाटो खुलाएको हो ।

यस्तो कार्डको सुविधा ग्राहकहरूले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत प्राप्त गर्न सक्नेछन् । यो सूचनाले बैंकहरूलाई यस्तो कार्ड जारी गर्न बाटो खुला भएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत नेपालबाट अनौपचारिक रूपमा भुक्तानी भइरहेकाले यसलाई औपचारिक प्रणालीमा ल्याउन यस्तो सुविधा दिएको हो । यसबारे चालू आवको मौद्रिक नीतिले समेत जोड दिएको थियो ।

अनलाइनका माध्यमबाट विदेशको विभिन्न तालीम लिनेलगायतको सानातिना कामका लागि विदेशी मुद्रा तिर्न समस्या भएकाले अनौपचारिक रूपमा यस्तो भुक्तानी हुने गरेको छ । यसलाई सहज बनाउन खोजेको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।