image
image

नेपाली महिला क्रिकेट टाेलीले पहिलाे पटक मलेसियासँग हार्‍याे

काठमाडौँ, १५, जेष्ठ । मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टाेली पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज साेमवार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेले पराजित भयाे । 

नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार बेहाेरेकाे हो । यसअघि मलेसियासँग भएका तीन वटा टी–२० अन्तर्राष्ट्रियमा नेपाल अपराजित रहेको थियो ।

आज नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ ओभर ५ बलमा ५० रन बनाउँदै अलआउट भयो । 

नेपालले अब मलेसियासँग दोस्रो खेल भोलि मङ्गलवार खेल्ने छ । यस्तै आउँदो बिहीवार तेस्रो, शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।