image
image

खातामा पैसा नभई चेक काट्नेलाई ३ महिना कैद 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले खातामा पैसा नभई चेक काट्नेलाई बैंकिङ कसुर सजाय हुने व्यवस्था गरेको छ । बैंकले खातामा पर्याप्त पैसा छैन भन्ने जान्दाजान्दै पनि चेक जारी गर्ने व्यक्ति तथा संस्थाहरुलाई एकीकृत निर्देशन २०७७ अनुसार कालोसूचीमा राख्ने व्यवस्था गरेको हो । 

चेक अनादर भएकै कारण वित्तीय कारोबार गर्नेहरु बैंकिङ कसुरमा पर्न थालेपछि राष्ट्र बैंकले सार्वजनिक सूचनासमेत जारी गरेको छ।

सूचनामा 'कसैले पनि आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानै कसलाई चेक काटी दिनु हुँदैन। यदि कसैले त्यस्तो कार्य गरी उक्त चेकको रकम भुक्तानी नभएमा बैंकिङ कसुर गरेको मानी चेक काट्ने व्यक्तिलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम बिगो खुलेकोमा बिगो भराइ बिगोबमोजिम जरिवाना र कैद सजाय तोकिएको' उल्लेख गरेको छ।


बैंकिङ कसुर ऐनको परिच्छेद-२ को बुँदा नम्बर ३ मा 'अनधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने' व्यवस्था छ। यसको बुँदा नम्बर 'ग' मा 'आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन' नहुने र दिएमा त्यसलाई बैंकिङ कसुर गरेको ठहरिने उल्लेख छ।

यदि कसैले मौज्दात रकम नभएको जानीजानी चेक काटेर दिएमा 'बिगो भराई बिगो खुलेकोमा बिगो बमोजिम र तीन महिनासम्म कैद' हुने उल्लेख छ। यसबाहेक राष्ट्र बैंकले एकीकृत निर्देशनमा त्यस्ता व्यक्ति तथा संस्थालाई कालोसूचीमा राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।