image
image

तरकारी र फलफूल मूल्य आज कति?

काठमाडौँ, १४, जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार ठुलो गोलभेँडा, लौका, घिरौँला, रायोको साग, हाइब्रीड काँक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएको छ।

यसैगरी, रातो आलु ४१ रुपैयाँ, रातो आलु भारतीय ३१ रुपैयाँ, सेतो आलु २३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज (भारतीय), रुख कटहर, र हरियो फर्सी ३५ रुपैयाँ, लोकल गाजर, परवर, भेडे खुर्सानी, हरियो लसुन, गान्टे मूला, चुकुन्दर, सलगम, न्यूरो र तने बोडी प्रतिकेजी ७५ रुपैयाँ मूल्य तोकिएको छ।

यस्तै, डल्लो भन्टा, मकै बोडी, झिगूनी, भिण्डी, हरियो प्याज र हरियो खुर्सानी ५५ रुपैयाँ, ज्यापु काउली ९५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, भटमासकोशा १३३ रुपैयाँ ३३ पैसा, बरेला ११० रुपैयाँ, मेथी, सौफको साग, पालूगो साग र चमसूरको साग ११५ रुपैयाँमा किनबेच हुनेछ भने कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, कुरिलो २७५ रुपैयाँ, ब्रोकाउली, सजिवन, रातो बन्दा, बुलेट खुर्सानी र नेपाली मेवा ६५ रुपैयाँ तोकिएको छ।

सेलरी प्रतिकेजी २७५ रुपैयाँ, पार्सले २१० रुपैयाँ, पुदिना ११० रुपैयाँ, इमली १४५ रुपैयाँ, तामा ९५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ, कागती १७० रुपैयाँ, मालदह आँप १३५ रुपैयाँ, दसहरी आँप २१० रुपैयाँ, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १७० रुपैयाँ, लोकल काँक्रो ९५ रुपैयाँ, लोकल लिच्ची १७५ रुपैयाँ, भारतीय लिच्ची २६५ रुपैयाँ, किवि र आभाकाडो ४५० रुपैयाँ, सुकेको लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी माछा ३१० रुपैयाँ पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।