निफ्राले बुझायो नेप्सेलाई स्पष्टिकरण ,३० मिलियन डलरको बण्ड जारी गर्ने रणनीति र ८ % लाभांश प्रक्षेपण
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पठाएको छ । नेप्सेले गत चैत ४ गते बैंकलाई विदेशी बजारमा बण्ड जारी गर्ने र १० प्रतिशत लाभांश वितरण गर्ने विषयमा स्पष्टिकरण पेश गर्न भनेको थियो । सोही निर्देशन बमोजिम उक्त कम्पनीले नेप्सेलाई स्पष्टिकरण बुझाएको हो ।
निफ्राले विदेशी बजारमा ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको छ । कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन र साधारण शेयर निष्कासनको लागि तयार गरिएको विवरण पत्रमा समेत यस अघि नै उक्त विषय खुलस्त पारिएको समेत बताएको छ ।
नेप्सेमा उक्त कम्पनीको शेयर सूचीकृत हुनु अगावै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने स्वीकृति लिईसकेको समेत कम्पनीले भनेको छ । बण्ड जारीको विषयलाई अन्तिम रुप दिन चाहिने स्वीकृति लिंदै छिटोभन्दा छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेञ्जमा सूचीकृत गराउँने गरी बैंक अघि बढेको पनि स्पष्टिकरणमा उल्लेख छ ।
निफ्राले आर्थिक वर्ष ०७७/ ७८ मा ८ प्रतिशत लाभांश वितरणको प्रक्षेपण गरेको जानकारी गराएको छ । लाभांश वितरण सम्बन्धि निर्णय संचालक समितिको बैठक, सम्बन्धित निकायको स्वीकृति एवम् वार्षिक साधारण सभाले निर्णय गरेपछि मात्र वितरण हुने समेत प्रष्ट पारेको छ ।
दिर्घकालिन पूर्वाधार परियोजनामा लगानी गर्न ऋणपत्र जारी गरी स्रोत संकलन गर्ने मुख्य उदेश्य कम्पनीको रहेको छ । यसका लागि कम्पनीले अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु लगाएतका संस्थागत लगानीकर्ताहरुलाई उपयुक्त हुने ऋणपत्र जारी गर्ने तयारी समेत गरेको छ ।