image
image

वैदेशिक रोजगारीमा जाने नेपालीबाट १० महिनामा ७५ करोड बराबरको ठगी

काठमाडौँ, ११, जेष्ठ । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको पाइएको हो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ उजुरी विभागमा परेका छन् 

उनीहरूले ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ बराबरको रकम दाबी गरेका छन् । यसरी ठगी गर्नेमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति नपाएका एजेन्ट तथा दलालहरू बढी देखिएका छन् । इजाजत लिएर कामदार पठाइरहेका कम्पनीहरूले समेत कामदारबाट मोटो रकम लिएर पठाउने गरेका छन् । तर, त्यस्ता खालका उजुरी कम आउने गरेको विभागले जनाएको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार यसरी ठगिनेमा अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९५ उजुरी परेका थिए । जसमा ५० करोड ४४ लाख ६१ हजार रकम दाबी गरिएको थियो । वैशाख महिनामा मात्र १०४ उजुरी परेको विभागको तथ्याङ्कले देखाएको छ । यसरी उजुरी परेका ९२५ मध्ये ७७ वटा उजुरी अदालतसम्म पुगेका छन् ।

ठगी गरेको आरोपमा विभागले प्रहरीको सहयोगमा १७६ बिचौलियालाई पक्राउ गरेको देखिन्छ । त्यस्तै विभागको रोहबरमा १३५ उजुरीमाथि मिलापत्र गराइएको छ । त्यसरी मिलापत्र गराउँदा एजेन्टहरूले ९ करोड ४३ लाख रुपैयाँ फिर्ता गरेका छन् ।

विभागले प्रमाणको आधारमा अदालतमा मुद्दा दायर गर्ने, मिलापत्र गराएर बढी लिएको रकम फिर्ता गराउने लगायतका काम गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने कामदार ठगिने घटना बढ्दै गएपछि सरकारले यो विषय निकै गम्भीर देखिएको छ । आफू कुनै समस्यामा परेको खण्डमा तत्काल सम्पर्क गर्न भन्दै २४ घण्टा नै हटलाइने सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै उजुरी पर्ने वितिक्कै प्रहरीको सहयोगमा एक्सन लिने गरेको सूचना अधिकारी सुवेदीले बताए ।

त्यस्तै विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि निर्देशकको नेतृत्वमा तीनवटा समिति समेत गठन गरेको छ । ती समितिहरूले आवश्यकताको आधारमा अनुगमन गर्ने, छापा हान्ने लगायतका काम गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।