image
image

नयाँ वर्षको अवसरमा भक्तपुरमा औद्योगिक व्यापार मेला आयोजना हुँदै 

भक्तपुर । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७/ ७८’ को आयोजना हुने भएको छ । मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ ।   

नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए । उनले सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना हुने मेलामा १५० भन्दा बढी स्टल रहने बताए ।

मेलामा सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहने छन् । मेलाका संयोजक दीपक थापाले मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिए।     
     
मेलामा अटोमोबाइल, अन्तरराष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहने छन् । मेलामा विक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छूट दिने व्यवस्था गरिएको जानकारी दिँदै उनले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने जानकारी दिए। करीब ५ लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने अनुमान गरिएको संयोजक थापाले जानकारी दिए।  

मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने आयोजक मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिए । विगत वर्षमा झैं यस वर्ष पनि क्यान्सर र मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग गरिने छ ।     
     
मेलामा बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडियाघर, बालबालिकाका खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हाँस्यव्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने बज्राचार्यको भनाइ छ । मेलामा भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।