image
image

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

काठमाडौँ, ७, जेष्ठ । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदै वैशाखसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६० हजार २५५ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ ।

महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष पुनः नयाँ कीर्तिमान राख्ने बाटोमा अग्रसर छ । विदेशबाट श्रमिकको माग बढ्दा यो वर्षका केही महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजारभन्दा माथि थियो । तर, पछिल्ला महिनामा यस्तो संख्या विस्तारै कम हुँदै गएको छ ।

वैशाख महिनामा ५४ हजार ४५७ जना युवाले विदेश जान श्रम स्वीकृति लिएका छन् । जसमध्ये ४ हजार ९४८ जना महिला र ४९ हजार ५०९ जना पुरुष श्रमिक छन् । चैत महिनामा मात्रै ६१ हजार ४७८ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार वैशाखसम्म ४ लाख २१ हजार २७९ जनाले अन्तिम (नयाँ) श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् । यो अवधिमा २ लाख ४४ हजार ९९६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

यो वर्ष मलेसियामा नेपाली श्रमिकको माग बढेको छ । खाडी देशहरुबाट श्रमिकको माग केही सुस्ताए पनि निराशाजनक अवस्था छैन ।

विभागको तथ्यांकअनुसार वैशाख महिनामा मलेसियाका लागि १४ हजार ६३७ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि १० हजार २३० जनाले श्रम स्वीकृति लिएका छन् । वैशाखमा युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ४८३ जना श्रमका लागि गएका छन् । साउदी अरबमा ८ हजार ६८१ जना पुगेका छन् ।

कोरिया जान २ हजार ५७४ जनाले र कुवेतका लागि २ हजार ११० जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ६०६, जापानमा ८१७, बहराइनमा ५०५, पोल्याण्डमा ६३५, साइप्रसमा ४६० ओमानमा ३५० र मकाउमा ३२३ जना नेपाली रोजगारीका लागि गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।