image
image

उपत्यकामा हुने सवारी जामले वार्षिक एक खर्ब १६ अर्बको नोक्सानी

काठमाडौँ। काठमाडौँ उपत्यकामा हुने सवारी जामले वर्षमा एक खर्ब १६ अर्बको क्षति हुने देखिएको छ । काठमाडौं उपत्यका भित्रको सवारी जामले देशको अर्थतन्त्रलाई पारेको असरबारे अर्थशास्त्री डा. शेरजंग बहादुर चन्द नेतृत्वको समूहले गरेको सोधपत्रले यस्तो तथ्य पत्ता लगाएको हो ।

अध्ययनअनुसार जाम र अव्यवस्थित यातायात प्रणालीका कारण पैदल यात्रु नै औषत ७ मिनेट रोकिनु पर्ने अवस्था आएको उल्लेख छ । यस्तै गन्तव्यमा हिंडेको कार २७ मिनेट प्रतिघन्टा र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरु ३४ मिनेट प्रतिघन्टा ढिलो हुने गरेको पनि अध्ययनमा उल्लेख छ । त्यस्तै , जामका कारण मोटरसाइकलमा यात्रा गर्ने व्यक्ति प्रतिघण्टा २१ मिनेट जाममा पर्ने गरेको पनि अध्ययनमा खुलेको छ । 

सोधपत्रकाअनुसार एक बर्षमा काठमाडौँ उपत्यका भित्रको जामले देशको अर्थतन्त्रलाई अनुमानित १ खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक भार परेको पनि देखाएको छ । जामको कारण आर्थिक व्यक्तिको समय ढिला भएको बार्षिक रकम ९ अर्ब १ करोड, जामले गर्दा बढेको इन्धन खर्च सामान्य भन्दा २ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ बढी रहेको सोधमा उल्लेख छ ।

यस्तै जामका कारण भार पर्दा सवारी साधन मूल्य ह्रासमा पनि सामान्य मूल्य भन्दा ४ प्रतिशत बढीले ह्रास आएको अध्ययनमा भनिएको छ । जसको आर्थिक भार ३३ अर्ब १८ करोड रहेको अनुमान गरिएको छ । यस्तै सामान्य भन्दा कार्बन उत्सर्जन २८ प्रतिशतले बढेको र त्यसको आर्थिक भार बार्षिक ७० अर्ब ५० करोड भन्दा बढी रहेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।