ललितपुर महानगरमा पम्प्लेट/पोष्टर टाँस्न नपाईने
काठमाडौँ । अब ललितपुर महानगरमा पम्प्लेट/पोष्टर टाँस्न नपाईने भएको छ । महानगरपालिकाले सहरलाई सुन्दर र सफा बनाउने अभियान अन्तर्गत घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल)मा पम्प्लेट र पोष्टर टाँस्न नदिने भएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार उक्त कार्यको शुभारम्भ गरेका हुन्। त्यसैगरी महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउन आइतबारबाट सुरूवात गर्ने जानकारी दिए।
खम्बामा रङ लगाउनको कारण अथ्र्याउँदै नगरप्रमुख महर्जनले भने, ‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पुर्याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गर्न लागेका हौं।’ उनले महानगरको निर्णयलाई नटेर्नेमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिए। जमिनमाथिबाट खम्बाको ६ फिटसम्म हरियो रङ लगाइने महानगर प्रमुख महर्जनले बताए।
त्यसैगरी अब महानगरपालिकाले शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।