image
image

सैलुनबाट पेस्तोल र गोलीसहित १ जना पक्राउ 

काठमाडौँ ०७ चैत ।आज बाराको सैलुनबाट पेस्तोल र गोलीसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गाविस २ घर भएका ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका छन्। भुमिहार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्तिटोल स्थित गजेन्द्र ठाकुरको सैलुनबाट भुमीहार हतियार सहित पक्राउ परेका हुन्।
  
कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड र दुई थान मोबाइल सहित भुमीहारलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको संयुक्त प्रहरी टोलीले सैलुनमा शंकास्पद अवस्थामा बसिरहेका भूमीहारको शरिर खानतलाशी गर्दा पेस्तोल र गोली बरामद भएको हो। 

हतियार सहित पक्राउ परेका भुमीहारलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।