फेरी बढ्यो हवाई भाडा, कुन रुटको कति ?
काठमाडौँ । नेपालमा इन्धनको मूल्यसँगै हवाई भाडा पनि बढेको छ । सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।
वायुसेवा सञ्चालकहरुले शुक्रबार राति १२ बजेपछि लागु हुनेगरि हवाई भाडा बढाएका छन् । यसअघि नेपाल आयल निगमले ३ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । त्यसक्रममा हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको थियो ।
निगमले इन्धनको मूल्य बढाएसँगै नागरिक उड्डयन प्राधिकरणकोे स्वीकृतिमा संघले नयाँ भाडादर सार्वजनिक गरेको छ ।संघले विभिन्न १०० वटा गन्तव्यका लागि ५ रुपैयाँदेखि ९० रुपैयाँसम्म हवाई भाडा बढेको जनाएको छ । सबैभन्दा कम डोटी-साँफेबगर रुटको लागि २० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको लागि ९० रुपैयाँ नयाँ भाडादर कायम भएको छ ।