image
image

ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

काठमाडौँ । ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको  चैत्र १३ गते, शुक्रबार आईपीओ बाँडफाँड हुने भएकाे छ ।नेपाल क्लियरिङ हाउस लिमिटेडकाे अनुराेधमा चैत्र १३ गते, शुक्रबारका लागि बाँडफाँड मिति तय भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा धेरै आवेदन परेकाे हुनाले याे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ यता बाँकी १२ लाख १० हजार भन्दा धेरै भने सेयर पाउनबाट वञ्चित हुनेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।