image
image

वैदेशिक रोजगार विभाग विरुद्ध म्यानपावर व्यवसायी आन्दोलित, माग पुरा नभए विभागमा ताला लगाउने चेतावनी 

काठमाडौँ।  वैदेशिक रोजगार विभाग विरुद्ध म्यानपावर व्यवसायीहरु आन्दोलित बनेका छन् । उनीहरुले विभिन्न माग राख्दै आइतबार काठमाडौँको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा धर्ना दिएका हुन् । 

वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न पाउनुपर्ने, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति पाउनुपर्ने , वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन गर्न पाउने , वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउने , साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन गर्नुपर्ने लगायत मागहरु राखेका छन्। 

योसंगै उनीहरुले आफ्ना माग पुरा नभए विभागमा तालाबन्दी गर्ने र चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोवल उकास्नु पर्ने समयमा विभाग मुकदर्शक भएको भन्दै त्यसले व्यवसायीलाई सडकमा आउन वाध्य पारेको संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।