नेपालमा प्यान नम्बर लिनेको संख्यामा वृद्धि
काठमाडौँ । नेपालमा पछिल्लो समय स्थायी लेखा नम्वर (प्यान) लिने करदाताको संख्या बढ्दो देखिन्छ । हाल नेपालमा स्थायी लेखा नम्वर (प्यान) लिने करदाताको संख्या ३८ लाख नाघेको छ ।
चालु आर्थिक वर्षका ७ महिनासम्मा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३८ लाख २५ हजार ९४६ पुगेको अर्थमन्त्रालयले जनाएको छ । माघसम्ममा दर्ता भएका कुल करदातामाध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख १८ हजार ९३३ रहेको छ । व्यक्तिगत प्यान लिने करदाता पनि ६०.०१ प्रतिशत पुगेके छ ।
पछिल्लो तथ्यांक अनुसार सात महिनामा २२ लाख ९९ हजार ३०९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । त्यस्तै सोही अवधिमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ७ हजार ७०४ पुगेको छ ।
त्यसैगरि मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ७हजार ८४५ पुगेको अर्थमन्त्रालयले जनाएको छ ।