सिंगटी हाइड्रोको आईपीओ मागभन्दा बढी आवेदन
काठमाडौँ । हिजो शुक्रबारदेखि आम सर्वसाधारण लागि निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । हिजो साझ साढे ५ बजेसम्म २ लाख ५० हजार ४२५ जना आवेदकले रू. ४२ करोड ३१ लाख १७ हजार बराबरको ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् । यो तथ्यांक अनुसार आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको हो ।
सिंगटी हाइड्रो पावर कम्पनिले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।