image
image

कोभ्याक्सिनले पायो नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति 

काठमाडौँ। औषधि व्यवस्था विभागले कोभ्याक्सिनलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको जानकारी गराए।

यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् । यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन । महानिर्देशक भट्टराईले अझै नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएको  बताए । महानिर्देशक भट्टराईका अनुसार रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् । उक्त निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ ।

औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा शुक्रबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि भारतीय कम्पनी कोभ्याक्सलाई अनुमति दिएको हो । आकस्मिक प्रयोगका लागि कोभ्याक्सिनले अनुमति पाएको भन्दै महानिर्देशक भट्टराईले कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई आकस्मिक अनुमति दिएको जानकारी दिए । नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप प्रयोग भइरहेको छ । कोभिसिल्ड खोप यतिखेर अभाव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।