image
image

हट्यो पर्यटकले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता

काठमाडौँ ०६ चैत । पछिल्लो समय पर्यटकलाई अनिवार्य गरिएको क्वारेन्टाइन अन्त्य भएको छ । सरकारले आगामी दिनमा कोरोना भाइरस विरुद्धको खोप लगाएका वा ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने पर्यटकहरूका लागि क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था लागू गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो निर्णय गरेको हो ।

त्यसैगरी  पर्यटकहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनराइभल भिसा दिने निर्णय समेत उक्त बैठकले गरेको छ । पर्यटनमन्त्री भानुभक्त ढकालले पर्यटकहरूलाई नेपालमा सहज प्रवेश दिनका लागि क्वारेन्टाइनको व्यवस्था हटाउने र अनराइभल भिसा दिने निर्णय भएको जानकारी दिए हुन् ।

पहिले नेपाल आउँदा विदेशी पर्यटकहरूले ५ हजार डलरको कोरोना बिमा समेत गर्नुपर्ने प्रावधान रहेकोमा अब  पर्यटकहरू नेपाल आउँदा ५ हजार डलरको कोरोना बिमा गर्नु नपर्ने भएको हो । यसरी अबका दिनमा पर्यटकले यात्रा बिमा मात्र गरे पुग्नेछ ।त्यसैगरी यस अघिको नियम पर्यटकले अनराइभल भिसा सहज बनाउनु पर्ने, कोभिडको खोप लगाएकालाई क्वारेन्टाइनमा राख्न नपर्ने व्यवस्था गर्न र कोभिडको बिमा हटाउनु पर्ने बाध्यत पनि हटाईएको छ । 
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।