image
image

नेपाललाई कोभिड खोपका लागि ८ अर्ब ७० करोड दिँदै विश्व बैंक   

काठमाडौँ ०६ चैत । विश्व बैंकले नेपाललाई कोरोना विरुद्धको खोपको लागि वित्तीय सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७ करोड ५० लाख अमेरिकी डलर  अर्थात ८ अर्ब ७० करोड   रुपैयाँ बराबरको वित्तिय सहयोग अनुमोदन गरेको छ ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब रुपैयाँ) बराबरको कोभिड आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो । 

यस सहयोगले नेपालको एक  तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्नसकिने अपेक्षा समेत गरिएको छ। त्यसैगरी उक्त सहयोगको अधिकांश हिस्सा अर्थात ९० प्रतिशत कोभिडका खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुने विश्वास लिईएको छ ।

त्यसैगरी बाँकी रकमले कोभिड खोपका पहलहरूलाई सघाउन र कोभिडसँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत हुने अपेक्षा गरिएको छ ।   

      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।