फेरि बढ्यो हवाई भाडा
काठमाडौँ ०६ चैत । नेपालमा फेरी पनि हवाई सेवाको भाडा बढेको छ । सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।
वायुसेवा सञ्चालकहरुले शुक्रबार राति १२ बजेपछि लागु हुनेगरि हवाई भाडा बढाएको जानकारी गराएका छन् । यसअघि नेपाल आयल निगमले ३ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । त्यसक्रममा हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको थियो ।
हवाई भाडा बढाउनका लागि नागरिक उड्डयन प्राधिकरणले पनि स्वीकृति दिइसकेको संघले उल्लेख गरेको छ ।भाडा बढाएसँगै गन्तव्यको दर पनि तोकेको छ । इन्धनको मूल्यको आधारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम् २२० रुपैयाँसम्म हवाई भाडावृद्धि गरिएको छ ।