image
image

आजबाट शेयर कारोबारमा ‘टी प्लस टु’ लागू 

काठमाडौँ। आजबाट शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू भएको छ । बाेर्डकाे पुस २४ गते शुक्रबारकाे स्वीकृती र केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) र ब्रोकरबीच माघ २ गते शुक्रबार भएकाे छलफलमा आज बाट शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू गर्ने निर्णय भएको हाे ।

यसअघि शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको थियाे । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । ‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नुपर्छ ।

त्यसैगरी, स्कट ब्रोकर एशोसिएशन अफ नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै टी प्लस टु चक्रको  सफल कार्यान्वयनका लागि राफसाफसँग सम्बन्धित सबै पक्षहरुले आ-आफ्नो जिम्मेवारी समयमै निर्वाह गर्न आग्रह गरेकाे छ । राफसाफ प्रक्रियाको शुरुवात नै लगानीकर्ताहरुबाट हुने हुँदा टी प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनका लागि लगानीकर्ताहरु अझ बढी जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।