image
image

विद्युतीय राहदानी वितरणको तयारी 

काठमाडौँ ०६ चैत । नेपालमा पनि विद्युतीय राहदानी वितरण हुने भएको छ । हाल कायम रहेको मेसिन रिडेबल पासपोर्ट विस्थापित गर्दै नेपालले विद्युतीय राहदानी प्रचलनमा ल्याउन लागेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय राहदानी वितरण गर्ने गरी तयारी थालेको छ।

विभागका निर्देशक राजेन्द्र पाण्डेका अनुसार विद्युतीय राहदानीमा विद्युतीय चिप्स तथा बायोमेट्रिक परीक्षण (औँठा छाप) सहितको दोहोरो सुरक्षा व्यवस्था रहनेछ । उनले ठेक्का सम्झौताअनुसारको विद्युतीय राहदानीको डिजाइन तयार भइसकेको बताउँदै  डिजाइन यसै महिनाभित्र मन्त्रिपरिषद्मा स्वीकृतका लागि प्रक्रिया अगाडि बढेको बताए ।

फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस कम्पनीले गर्ने उक्त काम अनुमानित तीन अर्ब रुपियाँको लगानीमा २० लाख प्रति राहदानी छपाइ हुनेछ । विभागका निर्देशक पाण्डेका अनुसार विभाग आफैँले छपाइ गर्दा छिटो जनतामाझ विद्युतीय राहदानी पुग्नेछ । 

विद्युतीय राहदानी वितरण भएपछि त्यस्तो राहदानीवाहक नेपाली यात्रीले अन्तर्राष्ट्रियस्तरको आवागमनको सुविधा प्राप्त गर्नेछन् ।  त्यसैगरी  एमआरपी राहदानी बोक्ने व्यक्ति आफैँ लाममा बसेर मेसिनमा परीक्षण गराउँदै अघि बढ्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ ।       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।