image
image

ग्रीन लाईफ हाइड्रोपावरको आइपिओ माघ २३ बाट निष्काशन हुने 

काठमाडौँ।  ग्रीन लाईफ हाइड्रोपावरले आइपिओ खोल्ने भएको छ । कम्पनीले माघ २३ गतेदेखि कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका र बाँकी म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याइएको छ ।

माघ २३ देखि छिटोमा २७ गते सम्ममा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। शेयरको लागी अनलाइनबाट मेरो सेयरमार्फत अथवा आफ्नो खाता भएको जुनसुकै बैंकको शाखाबाट आवेदन दिन सकिनेछ।

कम्पनीले केयर रेटिङबाट एनपी बी प्लस रेटिङ पाएको छ। यसले निष्कासनकर्ता वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँछ। यसअघि प्रभावित स्थनीयका लागि खोलिएको सेयर पूर्ण रुपमा बिक्री नभएपछि सो समेत थप गरी अहिले सर्वसाधारणलाई जारी गर्न लागिएको हो। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।