image
image

दशरथ रंगशालामा त्रिदेशीय फुटबल हेर्न टिकटदर तोकियो, कति छ ?

काठमाडौँ । यही चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल हेर्न टिकटदर तोकिएको छ । 

नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताका खेल हेर्न जनरलतर्फ ७ सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । रंगशालामा १५ हजार दर्शक क्षमता भए पनि १२ हजार वटा टिकट मात्र बिक्री गरिने एन्फाले जनाएको छ ।

जनरलतर्फ १० हजार ५०० र भीआईपीतर्फ १५०० वटा टिकट बिक्री गरिने एन्फा प्रवक्ता किरण राईले बताए । यो प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले पाँच सय डलर र हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पुरस्कार पाउनेछन् ।

त्रिदेशीय कपमा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ । अहिले नेपाली फुटबल टिम यही प्रतियोगिताको तयारीमा छ । 

प्रतियोगितामा सहभागी हुन बंगलादेशको टोली बिहीबार काठमाडौं आउँदैछ भने कीर्गिस्तानको टोली २१ मार्च अर्थात चैत ८ गते आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।