भाडा नबढाए यातायात ठप्प पार्ने व्यवसायीको चेतावानी
काठमाडौँ ५ चैत। नेपलमा नौ महिना पेट्रोल १४ र डिजेल ११ रुपैयाँले बढेको छ ।पटक– पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने बताएका छन् । यदि सरकारले भाडा नबढाए आफूहरुले सार्वजानिक यातायात ठप्प पार्ने उनले चेतावानी समेत दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार २०६९ सालदेखि सरकारले अहिलेसम्म सार्वजानिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायीले भाडा बढाउन माग गरेका हुन् । उनले गाडीको पाटपूर्जा ६५ प्रतिशत र पेट्रोलियम पदार्थको ३५ प्रतिशत मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा भने यथास्थिति हुनु बैज्ञानिक नभएको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने भन्दै पत्र बुझाएका छन् ।