भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आगलागी
काठमाडौँ। भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ।
क्लबको साउना रुममा बिजुली सर्ट भएर आगो लागेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले बताए ।
नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।