कृषिप्रधान मुलुक नेपालमा मासिक साढे ४ अर्बको चामल आयत
काठमाडौँ ५ चैत ।नेपाल कृषिप्रधान देश भएपनि खाद्यन्न उत्पादनमा आत्मनिर्भर हुने सकेको छैन । तथ्यांक अनुसार नेपालमा महिना ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको चामल आयात हुने गरेको देखिन्छ ।
इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युका अनुसार नेपाल एशियामै सबैभन्दा धेरै चामल खपत गर्ने देशमा परेको छ । रिसर्चले पनि नेपालमा सरदर एक नेपालीले वर्षेनि १३८ किलो चामल खपत गर्ने गरेको उल्लेख गरिएको छ । पहिले मकै, कोदो र फापर पनि खाने गरेकोमा अहिले चामल खाने गर्छन त्यसैले पनि चामलको आयात बढेको हो ।
नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गरेको छ । कृषि प्रधान देश जहाँको अर्थतन्त्रमा २७ प्रतिशत हिस्सा कृषि क्षेत्रको रहेको छ । दुई तिहाई जनसंख्या कृषि पेशामा सम्लग्न भइरहेकै बेला ७ महिनामै साढे ३० अर्ब भन्दा बढीको चामल आयात भएको छ ।
गत आर्थिक वर्षको पहिलो ७ महिनामा १८अर्ब ८१ करोड ६५ लाख रुपैयाँको चामल आयात भएको थियो । धान बढी फलेकै वर्ष आयात भएको चामल गत आवको सोही अवधिकोभन्दा करिब ६३ प्रतिशतले बढी हो । कुल आयातमा चामलको हिस्सा ३.८ प्रतिशत रहेको छ ।