किसानलाई परिचयपत्र वितरण गर्ने कार्यलाई सरकारले दियो तिब्रता
काठमाडौँ। सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने कार्यक्रमलाई तिब्रता दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशका ७० जिल्लाका स्थानीय निकायमा परिचयपत्र भर्ने कामको अभिमुखीकरण दिने काम भइरहेको बताएको छ ।
मन्त्रालयका उपसचिव सुजन ढुङ्गेलले सातै प्रदेशमा गएर प्रदेशस्तरीय अभिमुखीकरण काम सम्पन्न गरेर किसानको विवरण संकलन गर्न स्थानिय निकायमा प्राविधिक टोलीलाई अभिमुखीकरण दिने कामसंगै विवरण भर्ने काम पनि भइरहेको बताए।
अहिलेसम्म किसानले अनलाइनबाट आफैं फर्म भर्ने काम पनि गरिरहेको मन्त्रालयको भनाइ छ । हालसम्म पाँचसय हाराहारीमा किसानले आफैं अनलाइबाट किसान परिचयपत्र फर्म भरिसकेको मन्त्रालयले जानकारी दिएको छ ।
यो आर्थिक वर्षभित्रमा सात लाख किसानलाई परिचयपत्र वितरण गर्ने तयारी भईरहेको छ। पहिलो चरणमा किसानको विवरण संकलन गरेपछि आउँदो वर्षमा किसानले सरकारबाट पाउने सेवा सुविधा पाउने मन्त्रालयको भनाइ छ ।