image
image

भारतमा तीव्र गतिमा बढ्दै कोरोना

काठमाडौँ, २४, चैत्त । भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ ।   भारतमा एकै दिनमा ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् । 

योसँगै हालसम्म संक्रमितको सङ्ख्या ४ करोड ४७ लाख ३९ हजार ५४ पुगेको छ । दैनिक संक्रमण दर ३.३२ प्रतिशत र साप्ताहिक दर २.८९ प्रतिशत रहेको छ । 

यसको १९५ दिन अघि गत वर्ष सेप्टेम्बर २३ मा देशमा दैनिक ५ हजार ३ सय ८३ जनामा ​​संक्रमण देखिएको थियो । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिक तथ्यांक अनुसार कर्नाटक र महाराष्ट्रमा दुई-दुई र केरला र पन्जाबमा एक-एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

योसँगै भारतमा मृत्यु हुनेको सङ्ख्या ५ लाख ३० हजार ९२९ पुगेको छ । कोभिड-१९ बाट मृत्युदर १.१९ प्रतिशत रहेको छ ।

भारतमा हाल २५ हजार ५८७ जना कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका छन् । जुन कुल संक्रमितको ०.६ प्रतिशत हो । 

बिरामीहरूको निको हुने दर ९८.७५ प्रतिशत रहेको छ । हालसम्म कुल ४ लाख ४१ लाख ८२ हजार ५३८ जना संक्रमणमुक्त भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।