आठ खाद्य फार्मका सञ्चालक कारवाहीमा
काठमाडौँ ५ चैत । हेटौंडडाका आठ खाद्य फार्मका सञ्चालक कारवाहीमा पर्ने भएका छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गर्ने भएको हो ।उक्त उद्योगमा मापदण्डविपरीत (प्रतिकूल) भेटिएकाले खाद्य ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाईएको बताए ।
कारवाही प्रक्रियामा रहेकामध्ये तीन उद्योगविरुद्ध मुद्दा दायर, चार मुद्दा प्रक्रियामा र एक मुद्दामा सञ्चालकलाई बयान लिएको पाइएको हो । चालु आवको हालसम्म कपदही, चामल र दहीको तीन नमूना परीक्षण गर्दा लेबल अपूर्ण र न्यूनस्तर पाइएकाले मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी सिर्जना महर्जनले जानकारी दिए ।
दूध तथा दुग्ध पदार्थ, तेल तथा घ्यूजन्य, फल तथा सागपात, मसला, चियाकफी, नुन, खाद्यान्न÷दलहनजन्य, प्रशोधित पिउनेपानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य, दानालगायतको ६६ नमूना सङ्कलन गरी परीक्षण गर्दा आठ वटामा प्रतिकूल वा मापदण्डविपरीत देखिएको बताए । ती आठ उद्योगलाई कानुन अनुसारको कारवाही हुने पनि बताईएको छ ।