सुकुम्वासीलाई जग्गा दिन लगत संकलन गरिँदै
काठमाडौँ ५ चैत- गुल्मीमा सुकुम्वासीलाई जग्गा दिन लगत संकलन गरिने भएको छ । उनीहरुलाई जग्गा उपलब्ध गराई व्यवस्थित ठाउँमा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको लगत संकलन गर्नका लागि अन्तक्रिया तथा छलफल गरिएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसहित प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम गरिएको उक्त छलफलमा सुकुम्वासीलाई व्यवस्थापन गर्न कठिनाइ भइरहेको भनाइ राखेका थिए । त्यसैगरी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख नीलकण्ठ गौतमले स्थानीय तहको सार्वजनिक जग्गामा सुकुम्वासी राख्न नपाइने भएकोले गाउँपालिकामा सरकारी जग्गा कम भएकाले उनीहरूको व्यवस्थापनमा कठिनाइ भइरहेको बताए ।
भूमिहीन सुकुम्वासीलाई कुनै रकम उनीहरूले तिर्न नपर्ने गरी सुरक्षित ठाउँमा सार्ने र अव्यवस्थित तरिकाले बस्नेले केही रकम तिरेर उनीहरूलाई सुरक्षित ठाउँमा सारिने भूमिसम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति गुल्मीका प्रमुख टीकाराम ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूमिहीन थुप्रै समस्यामा भएकाले उनीहरूको समस्या समाधानका लागि स्थानीय तह अगाडि बढ्नुपर्ने बताइन् । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सुकुम्वासीको व्यवस्थापनमा स्थानीय तहहरू अन्योलमा रहेको बताए ।
उक्त छलफलमा भूमिसम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति गुल्मीले वैशाख अन्तिमसम्म भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेको तथ्यांक संकलन गरेर पठाउन अनुरोध गरेको छ ।