दुई दिनभित्र खुल्दै भारतीय सीमा
काठमाडौँ ५ चैत ।दक्षिणी सीमामा रहेको भारतीय सीमा दुई दिनभित्र खुल्ने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् ।उहाँले आज बिहीबार बस्ने सीसीएमसी (केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र) को बैठकबाट यस विषयमा निर्णय हुने बताउनु भएको छ ।
कोरोनाको संक्रमणको दौरान बाध्यात्मक अवस्थामा गत वर्ष चैत ११ गते सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले पछिल्लो समय सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी आउजाउ गर्न दिए पनि यात्रुबाहक सवारीको आवागमन बन्द नै थियो ।
मन्त्री पोखरेलले होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले ७० प्रतिशतभन्दा बढी पाहुना भारतीय नै हुने भएकोले सीमा नाका बन्द हुँदा होटल व्यवसायी एवम् सर्वसाधारण निकै समस्यामा परेकोले अब सिमा नाका खोलिने बताए ।