ढल्केबरपछि टनकपुरबाट थप ८५ मेगावाट विद्युत आयात गर्दै प्राधिकरण
काठमाडौं ५ चैत । नेपाल विद्युत प्राधिकरणले ढल्केबरपछि भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ।भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको हो।
टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात भईरहेकोमा सिईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। अब भारतीय अधिकारीहरुसँगको निरन्तरको छलफलपछि जनवरी-मार्च र जुलाई-डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएको बताए ।
त्यस्तै टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युतलाई काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने बताएको छन् । प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ। प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु)मा खरिद गर्न सकिने पीपीएको म्याद ३० जुन २०२१ सम्मको छ।