अब एक पटकमा एक लाख डलर बराबरको सामान आयात गर्न पाईने
काठमाडौँ ५ चैत । अब एक पटकमा एक लाख डलर बराबरको सामान आयात गर्न पाईने भएको छ । व्यवसायीहरुले राष्ट्र बैङ्कलाई आयात नीति खुकुलो बनाउन दबाव दिएपछि एक पटकमा अधिकतम एक लाख अमेरिकी डलर वा सो बराबरको परिवर्तित विदेशी मुद्रासम्मको मालसामान आयात गर्न पाइने भएको छ ।
हालै राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै उक्त निर्णय गरेको हो । राष्ट्र बैङ्कका अनुसार यस अघि ५० हजार डलरसम्मको मात्र मालसामान आयात गर्न पाइन्थ्यो । एकीकृत निर्देशिका संशोधन पछि एक लाख डलर बराबरको मालवस्तु आयात गर्न पाईने भएको हो ।
नेपाल राष्ट्र बैङ्ककै चालु सात महिनाको तथ्याङ्कले ८ खर्ब ३ अर्ब ८४ करोडको मालसामान आयात भएको देखाएको छ । अब भने आयात पनि बढ्ने देखिन्छ ।