image
image

चालु आवको ६ महिनामा नागरिक लगानी कोषको नाफामा ८.५४ प्रतिशत वृद्धि 

काठमाडौँ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नागरिक लगानी कोषको नाफामा वृद्धि भएको छ । आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८ दशमलव ५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रू. ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जानकारी दिएको छ । 

कोषले चालू आवको ६ महीनाको अवधिमा रू. एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रू. एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको ऋणपत्रमा रू. एक अर्ब पाँच करोड, संगठित संस्थाको शेयररधितोत्रपमा रू. १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रू. २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा रू. १९ अर्ब ७२ करोड लगानी गरेको छ । 

कोषको अधिकृत पूँजी रू. आठ अर्ब, जारी पूँजी रू. आठ अर्ब र चुक्त पूँजी रू. तीन अर्ब रहेको छ । कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३ दशमलव ३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१ द्यशमलव ५५, बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ । 

मुलुकको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन तथा पूँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापना भएको कोषले अवकास कोष सञ्चालन तथा व्यवस्थापन गर्ने, सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्य गरिरहेको छ । 

कोषले कर्मचारी बचत वृद्धि अवकास कोष योजना, आवास कर्जा, लगानीकर्ता हिसाब योजना, उपदान योजना, नागरिक एकांक योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।