रंगशाला निर्माणका लागि मेची– महाकाली घरदैलो अभियान शुरु हुने
काठमाडौँ ५ चैत । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि फाउण्डेशनले मेची– महाकाली घरदैलो अभियान शुरु गर्ने भएको छ । सबैको अपनत्व र योगदानका लागि मेची– महाकाली घरदैलो अभियान शुरु गरिएको बताएका छन् ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले उक्त घरदैलो अभियान यही चैत्र १० गतेदेखि शुरु हुने बताएका छन् त्यसैगरी “रंगशालाभित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाको कक्ष निर्माण गरिने भएकोले हरेक जिल्लाले आ–आफ्नो जिल्लाको कक्ष निर्माण गर्न सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो,” फाउण्डेशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चैत्र १० गतेदेखि कञ्१चनपुरबाट शुरु हुने उक्त अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै कलाकारहरु कुमार कट्टेल (जिग्रि), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ताहरु निगम हुमागाईं, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहने भएका छन् । त्यसैगरी अभियानमा प्रत्येक जिल्लामा दुई/दुई दिनसम्म बसेर त्यहाँ रहेका सहयोगी मन, संघसंस्था, बित्तिय संस्थाहरु, सहकारी, महिला तथा आमा समूह, विभिन्न समूहहरु र स्थानीय सरकारसँग हातेमालो तथा सहकार्य गरिने जनाइएको छ ।
त्यसैगरी ३० हजार दर्शक क्षमताको निर्माण भईरहेको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको, आमा समूह, महिला समूहको नाममा, टोल विकास संस्था, सहकारी संस्था, बैंक तथा वितिय संस्था, उद्योग, विद्यालय, क्याम्पस, लगायत विभिन्न साथी समूहको नाममा समेत सुरक्षित गर्न सकिने बताए ।