पाँच नगरमा पार्क निर्माण गर्न आर्थिक सहयोग गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ ५ चैत । काठमाडौँ महानगरपालिकाले पार्क निर्माणका लागि आर्थिक सहयोग गरेको छ । कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, कीर्तिपुर र मध्यपुर थिमी नगरपालिकालाई पार्क निर्माणका लागि सहयोग गरेको महानगरले जनाएको छ ।
महानगरले पाँच नगरपालिकामा पार्क निर्माण गर्न पाँच करोड रुपैयाँ सहयोग गर्ने भएको हो । पर्यटकीय, धार्मिक क्षेत्रलाई हरियाली र खुला ठाउँ बनाउन सहयोग गरिएको हो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएकोले सहयोग गर्ने नीति ल्याएको जनाएको छ ।