जीडीपी भन्दा निक्षेप बढि
काठमाडौं । चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा धेरै हुने भएको छ । वित्तीय क्षेत्रमा जीडीपीभन्दा करिब साढे ३ खर्बले निक्षेप बढी देखिएको हो । गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप २०७७ माघ अन्तिमसम्म ४२ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ पुगिसकेको छ । त्यसैगरी वित्तीय क्षेत्रमा अधिक निक्षेप देखिनुलाई बैंकर्सहरुले भने आफूहरुप्रतिको विश्वास बढेको रुपमा लिने गरेका छन । सर्वसाधारण संग रहेको रकम वित्तीय क्षेत्रमा जम्मा हुँदै गएपछि वित्तीय क्षेत्र थप जिम्मेवार बन्नु पर्ने देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताएका छन । बैंक तथा वित्तीय क्षेत्रको पहुँच विस्तार हुनु र वित्तीय क्षेत्रलाई विश्वास गर्नु नै निक्षेपमा देखिएको वृद्धिको कारण भएको आकलन अन्य बैकर्सहरुको छ ।
निक्षेपमा देखिएका वृद्धिलाई नेपालमा अनौपचारिक अर्थतन्त्र कमजोर हुँदै गएको संकेतको रुपमा लिइएको छ । त्यसैगरि, आम मानिसको वित्तिय संस्थासंगको पहुँच विस्तार भएको कारणले पनि यस्तो देखिएको हुन सक्ने आकलन गरिएको छ । त्यसबाहेक मानिसहरुमा वित्तिय साक्षरता बढ्नु पनि अर्को महत्वपुर्ण कारणकाको रुपमा औल्याइएको छ ।
जीडीपी भन्दा निक्षेपको आकार ठूलो भएपछि वित्तीय संस्था सम्बन्धि हालको नीतिलाई परिमार्जन गर्नु पर्ने अवस्था आएको हो । निक्षेपका रुपमा रहेको रकम धेरै हुनुमा पहिलो योगदान रेमिट्यान्स भएकाले यो कायम रहन सक्ने संभावना देखिएको छ । वित्तीय क्षेत्रलाई आवश्यक पर्ने निक्षेपका रुपमा विदेशबाट आएको रकमलाई सहि रुपमा सदुपयोग गर्नका लागि हाल ठूला वित्तीय संस्थालाई मात्र जिम्मा दिइएको अहिलेको नीतिलाई परिवर्तन गर्न जरुरी रहेको भनाई बैकर्सहरुको छ ।
कतिपय आर्थिक विश्लेषकहरु भने वर्तमानको राजनितिक अस्थिरताको फाइदा उठाउँदै अनौपचारिकरुपमा रहेको सम्पती समेत बैंकिङ प्रणलीमा प्रवेश गरइएको बताउँछन् । पछिल्ला दिनमा सरकारले श्रोत नखुलेको स–सानो रकम समेत जफत गर्ने कामलाई तिव्रता दिएपछि आफूसंग भएको नगद निक्षेपका रुपमा वित्तिय प्रणालीमा प्रवेश गराएको कारण निक्षेपको आकार बढेको अनुमान गरिएको छ ।