image
image

नौ महिना पेट्रोल १४ र डिजेल ११ रुपैयाँ बढ्यो

काठमाडौँ - पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको मार उपभोक्तालाई पर्ने देखिएको छ । यसले सार्वजनिक यातायात, हवाईदेखि हरेक उपभोग्य वस्तुको मूल्यवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरु समेत महंगिने अवस्था सिर्जना भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

तर, स्वचालित मूल्य प्रणालीअन्तर्गत भाउ बढाउँदा निगमले मूल्य स्थिरीकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैतमा प्रतिलिटरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो । त्यसपछि क्रमिक रुपमा इन्धनको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको हो ।

गत साउनदेखि अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढदै गएपछि अहिले तीन गुणाभन्दा पनि बढी बढेर ६९÷७० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य बढ्दै गएपछि निगमले स्थानीय बजारमा समेत मूल्य बढाउँदै आएको छ । निगमका अनुसार गत साउनदेखिनै स्थानीय बजारमा इन्धनको मूल्य बढिरहेको छ ।
साउनदेखि अहिलेसम्म ११ पटक डिजेल पेट्रोलको मूल्य बढ्दा एक पटक मात्र डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्य घटेको छ । लगातार इन्धनको मूल्य बढ्दै गएपछि उपभोक्तालाई मार पर्न सक्ने भन्दै मूल्य स्थिरिकरण कोषमा उपभोक्ताबाटै संकलन गरिएको ११ अर्ब रुपैयाँ रहेको छ । मूल्य बढिरहेकाले कोषमा भएको रकम व्यवस्थापन
गर्दा ५÷६ पटकलाई भन्दा धेरै नपुग्ने भन्दै निगमले लगातार इन्धनको मूल्य बढाइरहेको छ ।

निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार बढेर आएकाले स्थानीय बजारमा मूल्य बढाइएको बताए । “पछिल्लो समय इन्धनको मूल्य बढेको बढ्यै छ” उनले भने “मूल्य बढाउँदा पनि अझै १५ दिनमा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहेको छ ।” मूल्य धेरै नै बढेर आएपनि उपभोक्तालाई भार पर्न सक्ने भएकाले लिटरमा दुई रुपैयाँ मात्र मूल्य बढाइएको उनको भनाइ छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा ५ रुपैयाँ ८० पैसा र खाना पकाउने एलपीजी ग्यासमा ३ सय ९२ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।