image
image

६० लाख कित्ता आईपिओ  निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

काठमाडौँ। सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको हो।  

कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो। 

कुल ६० लाख कित्ता शेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता शेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो। 

कम्पनीले आईपीओको प्रतिकित्ता शेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ। सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता शेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।