image
image

मार्सी चामलको माग घट्यो 

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्दै आएको मार्सी चामलको माग घटेको छ । केही दिन अघिसम्म दैनिक ९० किलो बिक्री हुने गरेको मार्सी चामल अहिले दैनिक ६० किलो बिक्री भइरहेको कम्पनीले जनाएको छ।

सुरुमा कम्पनीले दुई सय क्विन्टल चामल किनेर काठमाडौंमा ल्याएर बिक्री गरेको थियो। यो चामल केही दिनमै बिक्री भएपछि दुई सय ७० क्विन्टल किनेको थियो। मार्सी चामलप्रति पहिलाको जस्तो आकर्षण नभएको र बिक्री कम्पनीकी सुचना अधिकारी शर्मिला सुवेदीले भनिन्।

कम्पनीले मार्सी चामल किलोको २ सय २५ रुपैयामा बिक्री गर्दै आएको छ। कम्पनीले जुम्लाबाट २ किलोको २ सय १० रुपैयाँमा यो चामल किनेको थियो। कम्पनीसँग अझै दुई क्विन्टल चामल बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।